Connect with us
Kapilvast Forest

कपिलवस्तु घटनाको १९ वर्ष बित्यो, चन्द्रौटाका पीडितले न्याय पाएनन्

२०८२, ३० भाद्र सोमबारमा प्रकाशित

(चन्द्रौटा हिंसा भड्किएपछि आगजनी भएको गाडी)

सनिउल्ला धोबी, कपिलवस्तु-
नेपालको इतिहासमै कलंकित घटनाको रुपमा रहेको कपिलवस्तु घटनाको १९ वर्ष बितेको छ । २०६४ भदौ ३० गते कपिलवस्तुको कुदरबेटवाका तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीका स्थानीय नेता अब्दुल मोईद खाँको अज्ञात समूहले हत्या गरेपछि भड्केको हिंसाका कारण १४ सर्वसाधारणको ज्यान गएको थियो । घटनामा सर्वसाधारणले ज्यान मात्र गुमाएनन् ५० करोड रूपैयाँ बराबरको धनमाल लुटपाट तथा आगजनी भएको थियो ।

३० गते हत्या भएपछि भड्किएको हिंसाका कारण चन्द्रौटा, कृष्णनगर, गणेशपुर, बिसनपुर, चनई लगायतका स्थानमा हत्या, बलात्कार, आगजनी हुँदा ठूलो धनजनको क्षति भएको थियो । १ सय ६० सवारी साधनमा आगजनी भएको थियो भने १० हजारभन्दा बढी नागरिक विस्थापित भएका थिए ।

घटनापछिका हरेक वर्ष भदौ ३० गतेलाई स्थानीयले कहिले कालोदिन त कहिले स्मरण दिवसको रुपमा मनाउने गर्दछन् । यसपालि सोही दिनको स्मरण गरिएको छ ।

कपिलवस्तु घटनाको स्मरण गर्दै सोमबार आयोजित कार्यक्रममा कपिलवस्तु संघर्ष समितिका अध्यक्ष महादेव पोखरेलले भने, ‘सर्वोच्च अदालतमा दर्जनौँ पटक पेसी सरिसकेको छ, हामी न्याय खोज्न कहाँ जाऔं अब ?’ उनले अहिलेको सरकारले पीडितहरुलाई न्याय र राहत दिने आशा व्यक्त गरे ।

कार्यक्रममा सहभागीहरुले ०६४ भदौ ३० गतेजस्तो त्रासदी फेरि कहिल्यै भोग्न नपरोस् भन्ने कामना गरे । कहालीलाग्दो यो घटनाको १२ वर्ष बितिसक्दा पनि पीडितले अझैसम्म पनि राज्यबाट न्याय नपाएको गुनासो भन्दै राज्यले उचित क्षतिपुर्ति दिनुपर्ने राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष विष्णुप्रसाद खतिवडाले बताउनुभयो । मानव अधिकारकर्मी खतिवडाले सरकारीले क्षतिपूर्ति समेत नदिएकोले पीडितहरु झन् पीडित बन्दै गएका छन् । १२ वर्ष बितेको सरकारले न्याय दिनुपर्ने उहाँको जिकीर थियो ।

१२ वर्ष बितिसक्दा पनि आफ्ना मागहरु सुनुवाई नभएपछि पीडितहरुले मल्लिक आयोगको छानविन प्रतिवेदनअनुसार क्षतिपूर्तिको माग गर्दै सर्वोच्च अदालतको ढोका ढक्ढकाए । सर्वोच्च अदालतमा ८ वर्षअगाडि रिट दायर गरेको भए पनि रिटको अझैसम्म सुनुवाई भएको छैन ।

घटनाको छानविन गर्न तत्कालीन सरकारले पुनरावेदन अदालत राजविराजका तत्कालिन न्यायाधीश लोकेन्द्र मल्लिकको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । छानविन समितिले तीन महिना लगाएर प्रतिवेदन तयार पारेको थियो । छानविनको क्रममा राज्यकोषबाट करिव डेढ करोड रूपैयाँ खर्च भएको थियो । तर, सो प्रतिवेदन अझै सार्वजनिक हुन सकेको छैन ।

हिंसात्मक घटना भएको १२ वर्ष बिते पनि कपिलवस्तुको चन्द्रौटामा बसाइ सर्नेको चाप बढेको छ । २०६४ साल भदौ ३० गते कपिलवस्तुमा भएको हिंसात्मक घटनापछि स्थानीय प्रशासनले पछिल्लो समय चन्द्रौटालाई विशेष सुरक्षा संयन्त्रमा राखेर कार्य थालेसँगै बसाइसराइ गरेर आउनेहरु बढेका हुन् ।

२०६४ साल भदौ ३० मा १५ हजारको हाराहारीमा रहेको चन्द्रौटाको जनसंख्या हाल २५ हजार भन्दा बढी भएको छ । चन्द्रौटामा एक हजारको हाराहारीमा नयाँ घर बनिसकेका छन् भने केही निर्माणाधीन अवस्थामा छन् । ब्यापारिक केन्द्र चन्द्रौटामा गुल्मी, अर्घाखाँचीलगायत जिल्लाका वासिन्दाहरु धेरै बसाईं सरेर आएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu