Connect with us
Kapilvast Forest

राष्ट्रिय वन डेढ लाखमा बेचियोँ, सम्बन्धित निकाय मौन

२०८२, ३० भाद्र सोमबारमा प्रकाशित

न्युज सेन्टर नेपाल,कपिलवस्तु-
कपिलवस्तु शिवराज नगरपालिकामा राष्ट्रिय जंगलको आफ्नो जग्गा हो भनेर स्थानीय सन्तोष विश्वकर्माले बलराम बुढा मगरलाई बेचेको रहस्य खुलेको छ ।

सन्तोषले शिव भाइरल डाडा छेउमाको राष्ट्रिय वन क्षेत्र १ लाख ५० हजारमा बेचेको पीडित बलराम बुढा मगरले बताउनु भयो ।

बलराम बुढा मगरको नाममा रहेको शिवराज नगरपालिका वडा नं ५ स्थित ५ धुर जग्गा समेत सन्तोष विश्वकर्माले आफ्नो दाजु मते विश्वकर्माको नाममा गरेको पीडित बुढाले बताउनुभयो ।

बलरामसँग पैसा नहुँदा सन्तोषले बुढाको नाममा रहेको जग्गा मिटर ब्याजमा लगाई पैसा दिनका लागि समेत उस्काएको बुढाको भनाई रहेको छ ।
बलरामको जग्गा मते विकको नाममा नामसारी गरी ३ लाख ३६ हजार ६ सय रुपैयाको मिटर ब्याजमा दिएको कागजात गरेको पाइएको छ ।
बुढाले १ लाख १० हजार मात्रै पाएको र उक्त पैसा सन्तोषलाई दिएको बताए ।
यता सन्तोष विश्वकर्माले भने उक्त जग्गा आफूले नबेचेको तर उक्त राष्ट्रिय जग्गामा बनेको होटल मात्रै बेचेको बताएका छन्। विश्वकर्माले १ लाख १० हजार पाए जग्गा फिर्ता दिने बताएका छन ।
यसरी राष्ट्रिय वन बेचिँदा सम्बन्धित निकाय मौन बस्दा डिभिजन वन कार्यालय गौतमबुद्ध प्रति स्थानीयले प्रश्न गरेका छन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu