Connect with us
Kapilvast Forest

अघिल्लो सरकारको पालामा नियुक्त राजदूत फिर्ता बोलाउने तयारी

२०८२, ३० आश्विन बिहीबारमा प्रकाशित

सरकारले केपी शर्मा ओलीको पालामा नियुक्त भएका भारत, चीन, अमेरिका, बेलायत लगायतका देशका राजदूतहरू फिर्ता बोलाउने तयारी गरेको छ।
मन्त्रिपरिषद् बैठकमा राजदूत फिर्ता बोलाउने निर्णय गर्ने तयारी भइरहेको छ र केहीलाई परराष्ट्र मन्त्रालयमार्फत् सन्देश पठाइसकिएको छ। फिर्ता बोलाइने राजदूतहरूमा डा. शंकरप्रसाद शर्मा, कृष्णप्रसाद ओली, लोकदर्शन रेग्मी, चन्द्रकुमार घिमिरे, धनप्रसाद पण्डित लगायतका नामहरू छन्।
३० असोज, काठमाडौं । सरकारले केपी शर्मा ओलीको पालामा नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने भएको छ ।

त्यस सम्बन्धी निर्णय आजको मन्त्रिपरिषद्‌ बैठकबाट गर्ने तयारी छ । मन्त्रिपरिषद्‌को बैठक अहिले जारी छ । सरकारले फिर्ता बोलाउने तयारी गरेका राजदूतहरूमा भारतका लागि डा. शंकरप्रसाद शर्मा, चीनका लागि कृष्णप्रसाद ओली, अमेरिकाका लागि लोकदर्शन रेग्मी, बेलायतका लागि चन्द्रकुमार घिमिरे, इजरायलका लागि धनप्रसाद पण्डित, जर्मनीका लागि शाहिल रुपाखेती, स्पेनका लागि शनिल नेपाल, रुसका लागि जंगबहादुर चौहान लगायत छन् ।

यसैगरी मलेसियाका लागि नेत्रप्रसाद तिम्सिना, कतारका लागि रमेशचन्द्र पौडेल, साउदी अरेबियाका लागि डा. नरेशविक्रम ढकाल लगायत पनि सरकारले फिर्ता बोलाउन लागिएका राजदूहरुको सूचीमा रहेको स्रोतले बतायो ।

केही राजदूतहरूलाई फिर्ता हुने तयारीका लागि परराष्ट्र मन्त्रालयमार्फत् सन्देश पठाइसकिएको स्रोतले बतायो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu