Connect with us
Kapilvast Forest

यौन दुर्व्यवहारको आरोपमा पूर्वशाखा प्रमुख पक्राउ

२०८२, १८ कार्तिक सोमबारमा प्रकाशित

कपिलवस्तुको शिवराज नगरपालिका–५ का एक पूर्व शिक्षा शाखा प्रमुख १५ वर्षीया किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको विजयनगर गाउपालिकाको पुर्व शिक्षा शाखा प्रमुख समेत रहेका शिवराज सुबेदीलाई प्रहरीले यौन दुव्र्यवहारमा पक्राउ गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

घरमा श्रीमती र परिवारका अन्य सदस्यहरू नभएको समयमा उनले घरेलु कामदारका रूपमा राखेकी बालिकामाथि बारम्बार दुर्व्यवहार गरेको पीडित किशोरीले प्रहरीमा उजुरी दिएकी थिइन्।

पीडित बालिका प्युठान निवासी हुन्। उनलाई शिक्षकले “पढाइ र बसाइको व्यवस्था गरिदिन्छु” भन्ने प्रलोभन देखाएर करिब १३ महिनादेखि आफ्नै घरमा राख्दै आएका थिए।

शिवराज सुबेदीले विभिन्न विद्यालयमा प्रधानाध्यापक हुँदै पालिकाको शिक्षा शाखा सम्हालेका थिए । उनले दुई वर्षअघि सेवा अवकाश लिएका थिए । उजुरीका आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार घटना सम्बन्धी थप विवरण संकलन भइरहेको छ र बालिकाको स्वास्थ्य परीक्षण समेत गरिएको छ।

प्रहरी स्रोतका अनुसार, प्रमाण संकलनपछि मुलुकी अपराध संहिताअनुसार कानुनी कारबाही अघि बढाइनेछ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu