आन्दोनलरत विद्यार्थीद्वारा परीक्षा बहिष्कार
१८ मंसिर, काठमाडौं । अतिरिक्त शुल्क फिर्ताको माग गर्दै आन्दोलनरत विद्यार्थीहरुले पहिलो वर्षको परीक्षा बहिस्कार गरेका छन् ।नेशनल मेडिकल कलेज, चितवन मेडिकल कलेज जानकी मेडिकल कलेज र युनिभर्सल कलेज अफ मेडिकल साइन्समा एमबीबीएस, बीडीएस र नर्सिङ अध्ययन गरिरहेका विद्याथीहरुले परीक्षा बहिस्कार गरेका हुन् ।चितवन मेडिकल कलेजका विद्यार्थीहरुले सडकमा नाराबाजी गर्दै प्रवेश पत्र जलाएका छन् । बिहीबारबाट परीक्षा हुँदैछ ।