Connect with us
Kapilvast Forest

कटुवा पेस्तोल सहित फरार प्रतिवादी शाह पक्राउ

२०८२, २३ मंसिर सोमबारमा प्रकाशित

कपिलवस्तु
कटुवा पेस्तोलसहित फरार रहेका प्रतिवादी रिजिवान अली शाहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कपिलवस्तुले सुनाएको फैसलापछि फरार रहेका शाहलाई बडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले चन्द्रौटा बजारबाट नियन्त्रणमा लिएको हो ।

शिवराज नगरपालिका–४ बस्ने ३२ वर्षीय शाहमाथि लागूऔषध मुद्दामा अदालतले कैद तोकिएको थियो । मुद्दा फैसला भएपछि फरार रहेका उनलाई प्रहरी टोलीले विशेष सूचनाको आधारमा पक्राउ गरेको जनाएको छ ।

उनीमाथि नियंत्रणमा लिने क्रममा प्रहरीले एक थान कटुवा पेस्तोल समेत बरामद गरेको छ । शाहलाई जिल्ला अदालत कपिलवस्तुको आदेशअनुसार आवश्यक कारबाहीका लागि थुनामा राखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले फरार प्रतिवादी पक्राउ र अवैध हातहतियार नियन्त्रण अभियानमा निरन्तरता दिने जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu