निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्दै
काठमाडौं –
निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्दैछ। आयोगको नियमित (साप्ताहिक) पत्रकार सम्मेलन आज दिउसो तीन बजे आयोगको मिडिया सेन्टर हलमा आयोजना गर्न लागिएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा र माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनको बारेमा अहिलेसम्म भएका प्रगतिका बारेमा जानकारी दिने जनाएको छ।