Connect with us
Kapilvast Forest

प्रधानमन्त्रीले आज निकोलस भुसाल पक्षसँग वार्ता गर्ने

२०८२, १८ पुष शुक्रबारमा प्रकाशित

काठमाडौँ

विभिन्न माग राख्दै अनशनमा रहेकाडा. निकोलस भुसाल पक्षसँग सरकारले शुक्रबार वार्ता गर्ने भएको छ। मध्याह्न १२ बजे प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसँग वार्ता हुने भुसाल पक्षका वार्ता टोली सदस्य एसपी साहले जानकारी दिए। यसअघि बिहीबारको वार्ता निष्कर्षबिहीन भएपछि शुक्रबार प्रधानमन्त्रीसँग कुरा हुन लागेको हो। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल संयोजकत्वको वार्ता समितिले वार्ता गरेको थियो ।

भुसाल पक्षले पनि समिति बनाएको छ। ११ दिनदेखि अनसनमा रहनुभएका भुसालको अवस्था अहिले गम्भीर बन्दै गएको छ। उनी वीर अस्पतालमा हुनुहुन्छ । बुधबार बेलुकी गृहमन्त्री अर्यालले समेत भुसाललाई भेटेर माग पूरा गर्ने आश्वासन दिएका थिए। जेनजी आन्दोलनको म्यान्डेटअनुसार सरकार काम गर्न असफल भएको भन्दै भुसालले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागेका छन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu