Connect with us
Kapilvast Forest

पच्चिसौँ सुर्यमुखी कप रजत महोत्सव सुरु

२०८२, १९ पुष शनिबारमा प्रकाशित

पुनहरी घिमिरे कपिलवस्तु —
“विकास र परिवर्तनका लागि युवाहरू अघि सरौँ, खेलसँगै शिवगढिलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरौँ” भन्ने मूल नारासहित पच्चिसौँ सुर्यमुखी कप रजत महोत्सव २०८२ आजबाट सुरु भएको छ।
सुर्यमुखी युवा क्लबको आयोजनामा शिवराज नगरपालिका–९, बिजगौरीमा सुरु महोत्सवको प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका सभामुख तुलाराम घर्तीमगर रहनुभएको थियो । कार्यक्रममा सभामुख घर्तीमगरले खेलकुदले युवालाई अनुशासित, स्वस्थ र नेतृत्वशील बनाउने उल्लेख गर्दै स्थानीय पर्यटन प्रवर्द्धनमा यस्ता महोत्सवहरूको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
कार्यक्रममा सुर्यमुखी युवा क्लबका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष रमेश पुरीले गर्नुभएको थियो। उहाँले क्लबले विगत पाँच दशकदेखि खेलकुदमार्फत युवालाई एकताबद्ध गर्दै सामाजिक विकासमा योगदान दिँदै आएको बताउँदै आगामी दिनमा शिवगढिलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सबैको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रममा अधिकांश वक्ताहरूले युवाको सक्रियता, खेलकुद विकास र स्थानीय पर्यटन प्रवर्द्धनमा सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताएका थिए ।
स्थानीय समुदाय, युवाहरू र खेलप्रेमीहरूको उल्लेख्य सहभागितामा सम्पन्न महोत्सवले खेलकुदसँगै सामाजिक सद्भाव र क्षेत्रीय विकासमा सकारात्मक सन्देश प्रवाह गर्ने आयोजक को भनाई छ ।
लुम्बिनी प्रदेश सरकारका सभामुख तुलाराम घर्तीमगरको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा  सुर्यमुखी युवा क्लबका अध्यक्ष रमेश पुरीको अध्यक्षता रहेको थियो । विशिष्ट अतिथी नेकपाका केन्द्रीय सदस्य तथा युवा नेता रहिस साह ,शिवराज नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष राम बहादुर चौधरी ,  रास्वपा  युवा नेता मिर्जा रसिद , पुर्व कृषि तथा सहकारी मन्त्री अकवाल अहमद साह नेकपा नेत्री शुश्मा बिकले बोलेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu