बाहुनडाँगीमा चौथो अन्तर्राष्ट्रिय तरुल महोत्सव हुँदै
झापा –
मेचीनगर नगरपालिका-४ बाहुनडाँगी बजारमा माघे सङ््क्रान्तिको अवसर पारेर यही पुस ३० गते र माघ १ गतेसम्म दुई दिने अन्तरराष्ट्रिय तरुल महोत्सव आयोजना हुने भएको छ ।सरकारी र गैरसरकारी गरी १४ वटा संस्थाले सञ्चालन गर्ने महोत्सवमा नेपाल, भारत र भुटानका तरुलसहित रैथाने खानेकुराको प्रदर्शनी हुने आयोजक समितिका अध्यक्षसमेत रहेका मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले जानकारी दिए ।
महोत्सव ५० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्सवमा लोककलाकार डेजी बराइली र कमलिकान्त भेटवालको साङ्गीतिक प्रस्तुति रहने जनाइएको छ ।