Connect with us
Kapilvast Forest

दक्षिण यमनमा साउदी हवाई आक्रमणः ६ जनाको मृत्यु

२०८२, २४ पुष बिहीबारमा प्रकाशित

यमनको दक्षिणी प्रान्त अल–धालियामा बुधवार भएको साउदी नेतृत्वको हवाई आक्रमणमा ६ जनाको मृत्यु भएको छ। दक्षिणी संक्रमणकालीन परिषद् (एसटीसी) का नेता आयदारस अल–जुबैदीको गृहनगरलाई लक्षित गरी सो आक्रमण गरिएको हो।

अल–धालियाको स्वास्थ्य विभागका एक अधिकारीकाअनुसार जुबैर क्षेत्रको एउटा आवासीय घरमा भएको हवाई आक्रमणमा ६ सर्वसाधारणको ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन्। घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा भर्ना गरिएको छ। एसटीसीले दक्षिण यमनका जनताका मुद्दाहरू समाधानका लागि गम्भीर संवाद नै उत्तम उपाय भएको र आफूहरू राजनीतिक पहलहरूमा जिम्मेवारीपूर्वक संलग्न रहेको स्पष्ट पारेको छ।

यसैबीच, एसटीसीका महासचिव अब्दुल रहमान जलाल साहेर अल–सुबैहीको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल साउदी राजधानी रियाद पुगेको छ। तर एसटीसी नेता अल–जुबैदी भने रियादमा हुने भनिएको वार्तामा सहभागी हुन जहाज नचढी अज्ञात स्थानतर्फ लागेको बताइएको छ। साउदी नेतृत्वको सैन्य गठबन्धनका प्रवक्ता तुर्की अल–माल्कीले अल–जुबैदीलाई यमनको राष्ट्रपतीय नेतृत्व परिषद् (पीएलसी) का अध्यक्ष रशाद अल–अलिमीसँग वार्ताका लागि रियाद बोलाइएको जानकारी दिए।

अर्कोतर्फ, पीएलसी अध्यक्ष अल–अलिमीले अल–जुबैदीमाथि राज्यद्रोहको अभियोग लगाउँदै परिषद्को सदस्यता खारेज गरिदिएका छन्। उनलाई दक्षिण यमनका सर्वसाधारण विरुद्ध गम्भीर उल्लंघन गरेको र दक्षिणी मुद्दालाई दुरुपयोग गरेको आरोप लगाइएको छ।

सन् २०१७ मा गठित एसटीसीले दक्षिण यमनको आत्मनिर्णय र स्वतन्त्रताको माग गर्दै आएको छ। पछिल्लो समय साउदी समर्थित सेना र एसटीसीबीच तेल समृद्ध हद्रामौत र अल–माहराह प्रान्तको नियन्त्रणलाई लिएर विवाद चुलिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu