Connect with us
Kapilvast Forest

आज नेपालले श्रीलंकासँग पहिलो खेल खेल्दै

२०८२, ३ माघ शुक्रबारमा प्रकाशित

काठमाडौं-

साफ पुरुष फुटसल च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेलमा आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा खेल नेपाली समय अनुसार दिउँसो १२ः४५ बजे हुनेछ। सहभागी सातमध्ये ६ राष्ट्रले आफ्नो पहिलो खेल खेलिसकेका छन्। श्रीलंकाले उद्घाटन खेलमा भुटानसँग ३–३ को रोमाञ्चक बराबरी खेलेको थियो।

नेपाली टोली २६ महिनापछि अन्तर्राष्ट्रिय मञ्चमा उत्रिँदैछ। पछिल्लो पटक नेपालले मुख्य प्रशिक्षक गौरव बस्नेतको नेतृत्वमा मंगोलयामा सम्पन्न ‘एएफसी एसियन कप छनोट २०२४’ खेलेको थियो।यसबीच नेपालले एसियन कप छनोट २०२६ मा सहभागिता जनाएन। फुटबलको सर्वोच्च निकाय एन्फाले प्रतियोगिता सुरु हुनुभन्दा १०६ दिन अगाडि आफ्नो नाम फिर्ता लिएको थियो।

नेपाली टोली
विजयी श्रेष्ठ (कप्तान), पदम तामाङ (गोलकिपर), दीपेश श्रेष्ठ (गोलकिपर), अमित लामा, अशोक दर्लामी, विक्रान्त नरसिंह राना, विशाल सरु मगर, जेनिश प्रजापति, लाक्पा तामाङ, पेम्बा दोर्जे लामा, सञ्जय स्याङताङ, सरोज तामाङ, सुवेत लामा, सुरज गुरुङ रहेका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu