ट्रम्प आज स्विट्जरल्याण्ड जाँदै
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ) २०२६ मा भाग लिन आज स्विट्जरल्याण्डको डाभोस जाँदै छन्। उनले आज साँझ ग्रिनल्याण्डको भविष्य निर्धारण गर्ने एजेण्डासहित विश्वलाई सम्बोधन गर्नेछन्।
ट्रम्प लगभग ६ वर्षपछि डाभोस पुग्न लागेका हुन्। अमेरिकाको विदेश र व्यापार नीतिमा आक्रामक परिवर्तनका बीच भइरहेको यो भ्रमणले पुरानो विश्वव्यापी प्रणाली र नियमहरूभन्दा बाहिर गएको स्पष्ट पार्ने ट्रम्पका सल्लाहकारहरूले बताएका छन् । ट्रम्पले बारम्बार ग्रिनल्याण्ड कब्जा गर्ने धम्की दिइरहेका बेला यो भ्रमणका क्रममा थप घोषणा आउने आँकलन गरिएको छ ।
ग्रिनल्याण्ड कब्जा गर्ने योजनाको विरोधमा उत्रिएका डेनमार्क, बेलायत, फ्रान्स र जर्मनीसहित ८ युरोपेली मुलुकविरुद्ध ट्रम्पले १० प्रतिशत भन्सार कर लगाएका छन् ।