Connect with us
Kapilvast Forest

प्रदेश र स्थानीय निर्वाचन अघि नै कांग्रेसको नियमित महाधिवेशन भइसक्छ : सभापति थापा

२०८२, १८ माघ शनिबारमा प्रकाशित

काठमाडौँ –

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश र स्थानीय निर्वाचन भन्दा पहिला नै कांग्रेसको नियमित महाधिवेशन भइसक्ने बताएका छन् । शनिवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ पार्टी कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् ।

नेपाली कांग्रेसको नयाँ अधिवेशनले पार्टीमा निर्वाचनको टिकट तल्लो तहबाट बाँड्ने कामको थालनी हुने जिकिर उनले गरे । देशको टिकटका लागि अब कसैले पनि पार्टी सभापति, महामन्त्रीको घर धाउनु नपर्ने भन्दै थापाले पार्टीमा कुनै गुट नरहेकोले विगतको जस्तो ६०–४० को भागबण्डा अब सकिएको बताए।

कांग्रेसले पार्टीभित्र पनि भागबण्डा नगर्ने र बाहिर पनि नगर्ने घोषणा गरे । सबैलाई समान व्यवहार गर्ने गरी पार्टी चल्ने बताए । सभापति थापाले कांग्रेस अब परिवर्तनतर्फ अघि बढिरहेको बताउँदै बदलिएको कांग्रेसले नेपाल बदल्ने संकल्प गरेको उल्लेख गरे ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu