Connect with us
Kapilvast Forest

लोप हुँदै कोदो खेती

२०७६, २१ मंसिर शनिबारमा प्रकाशित

 इलाम । पछिल्लो समय कोदो खेती लोप हुने क्रम बढेको छ । परम्परागत बालीको महत्व नबुझी अन्य नगदेबालीमा किसानहरु अग्रसर भएपछि इलाममा कोदो खेती नै लोप हुँदै गएको हो ।

वर्षे खेतीको रुपमा लगाइने कोदो पहिले इभाङमा टारबारी भरी देखिन्थ्यो । तर पछिल्लोसमय अलैँची, अदुवा, कफिजस्ता बालीतर्फ किसानको ध्यान जान थालेपछि कोदो लोप हुने अवस्थामा पुगेको मांसेबुङ गाउँपालिकाका कृषक मात्रिका खड्काले बताए ।

सडक सञ्जाल विस्तार भएसँगै तराईबाट चामल, गहुँ भित्रिन थालेपछि कोदो खेतीप्रतिको आकर्षण घट्दै गएको, कम मूल्यका धान, गहुँ र मकैजस्तै कोदोलाई पनि किसानले महत्व नदिने गरेको र खेती लगाउँदाको लागत उठाउन गाह्रो भएकाले कोदो खेती मासिन थालेको खड्काको भनाई छ ।

कोदोको ढिँडो, रोटी, पुवा र खोले बनाएर खाने चलन छ । यो बालबालिकाका लागि अत्यन्तै उत्तम मानिन्छ । पाैष्टिक आहाराको रुपमा सबैभन्दा राम्रो बाली कोदो नै भएपनि महत्वका बारेमा ज्ञान नहुँदा कोदो खेती गर्ने चलन हराउँदै गएको हो ।

परम्परागत शैलीमा स्थानीय जातको बीउ प्रयोग गरी मकै पाक्ने बेलामा घुसुवा बालीका रूपमा लगाइने कोदो जिल्लाका सबै गाउँबस्तीमा हुन्थ्यो  । तर आजभोलि त्यसरी कोदो खेती गरेको देखिँदैन । यद्दपी परम्परागत बालीलाई जोगाउन भने कोदो खेती आवश्यक छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu