Connect with us
Kapilvast Forest

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे सर्वोच्चमा बहस गर्न जान तयार छुः मन्त्री भट्टराई

२०७६, २१ मंसिर शनिबारमा प्रकाशित

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सन्दर्भमा सर्वोच्च अदालतमा बहसका लागि आफैं जान तयार रहेको बताउनुभएको छ ।

यो आयोजना राष्ट्रिय महत्व र देशको भविष्यसँग जोडिएका भन्दै उहाँले आफैं बहसमा जान तयार रहेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन स्थापना दिवसको उपलक्ष्यमा आज काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले सर्वोच्चले आयोजना नबनाऊ नभनेको भन्दै छलफलमा बोलाउँदैमा आयोजनाको पूर्वतयारीका काम नरोकिने स्पष्ट पार्नुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu