प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको ब्रान्च म्यानेजर कन्फ्रेन्स कार्यक्रम सम्पन्न भएको छ । चितवनमा साउन १४, १५, १६ र १७ गते गरी ४ दिन विभिन्न कार्यक्रम गरी ब्रान्च म्यानेजर कन्फ्रेन्स कार्यक्रम सम्पन्न भएको हो ।
आर्थिक वर्ष २०८२/८३ को समीक्षा, नयाँ आर्थिक वर्ष २०८३/८४ रणनीति, आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्य गर्ने कर्मचारी, शाखा, शाखा प्रमुख, प्रदेश प्रमुखलाई सम्मान र पावर अफ माइन्ड सेट फर विजनेस ग्रोथको तालिमका साथ कार्यक्रम सम्पन्न भएको हो ।
इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रसाईले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ मा गरेको व्यवसाय अघिल्लो आर्थिक वर्ष भन्दा राम्रो बृद्धिदर भएकाले सम्पूर्ण कर्मचारी, अभिकर्ता, बीमित लगायतलाई धन्यवाद व्यक्त गरे । आगामी आर्थिक वर्षको व्यवसायीक रणनीतिका बारेमा प्रष्ट पार्दै उनले ढुक्कले अघि बढ्न हौसला समेत प्रदान गरे ।
कम्पनीका व्यवस्थापन, प्रदेश प्रमुखहरु, शाखा प्रमुखहरु, सेल्स एक्जुकेटिभ गरी देशैभरबाट करिब २०० जनाको कार्यक्रममा उपस्थिति रहेको थियो । सो अवसरमा आर्थिक वर्ष २०८२/८३ उत्कृष्ट कार्य गर्ने प्रदेश प्रमुख, शाखा प्रमुख, सेल्स एक्जुकेटिभलगायतलाई विशेष सम्मान गरिएको थियो ।
कार्यक्रममा आचार्य राजा बाबु साहको पावर अफ माइन्ड सेट फर विजनेस ग्रोथ ट्रेनिङ सेसनले व्यावसायिक क्षमता वृद्धि गर्न उर्जा प्रदान गरेको कम्पनीले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले कम्पनीले आगामी दिनमा अझ ठुला सफलता प्राप्त गर्न विगतका अनुभवबाट सिकेर सुधार गर्दै अगाडि जानुपर्ने बताए ।
कम्पनीका नायव महाप्रबन्धक तथा नेसनल सेल्स हेड सोनबहादुर मगरले आर्थिक वर्ष २०८३/८४ को व्यावसायिक रणनीतिबारे प्रष्ट पारेका थिए ।