Connect with us
Kapilvast Forest

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

२०८३, ३ आश्विन शनिबारमा प्रकाशित

नयाँ दिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको खोजी र विस्तार गर्न आह्वान गरेका छन् ।उनले नेपालमा लगानीका लागि यो उपयुक्त समय भएको समेत बताए ।

नयाँ दिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री द्वारा आयोजित व्यापार तथा लगानी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा. वाग्लेले बताए । कार्यक्रममा भारतीय व्यवसायिक नेताहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यो कार्यक्रम मन्त्री वाग्लेको तीन दिने नयाँ दिल्लीको औपचारिक भ्रमणको एक महत्वपूर्ण भाग थियो।समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपालमा उदीयमान लगानीका अवसरहरूमाथि प्रकाश पार्दै देशको आर्थिक रूपान्तरणमा सहभागी हुन भारतीय व्यवसायीहरूलाई आमन्त्रण गरे।

उनले नेपालले उच्च वृद्धिको सम्भावना भएका क्षेत्रहरूमा लगानीका लागि ठूलो अवसर प्रदान गर्ने उल्लेख गर्दै पहिले नै नेपालमा सञ्चालित भारतीय कम्पनीहरूलाई आफ्नो लगानी विस्तार गर्न र नयाँ लगानीकर्ताहरूलाई नेपाली बजारको खोजी गर्न आग्रह गरे ।

मन्त्री वाग्लेले नेपाल सरकार सुशासन, आर्थिक समृद्धि, लगानी सहजीकरण र संरचनात्मक आर्थिक रूपान्तरणको एजेन्डामा अघि बढिरहेको कुरामा जोड दिए। उनले नीतिगत सुधारलाई तीव्र बनाउन र अझ बढी अनुमानयोग्य, पारदर्शी तथा लगानीकर्ता(मैत्री व्यवसायिक वातावरण सिर्जना गर्न सरकारले गरिरहेका प्रयासबारे उल्लेख गरे ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu