Connect with us

अमेरिका जाँदै प्रधानमन्त्री बालेन, यस्तो छ तयारी

२०८३, ६ आश्विन मंगलवारमा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज अमेरिका जाँदै छन् । नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका जाने शाहले सेप्टेम्बर २४ मा महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

महासभामा प्रधानमन्त्री शाहले नेपालले जलवायु परिवर्तनका कारण सामना गरिरहेका चुनौतीलाई प्राथमिकताका साथ प्रस्तुत गर्ने तयारी गरेका छन् । हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिम, प्राकृतिक विपद्का कारण भइरहेको क्षति तथा हालैको बाढीबाट भएको जनधन र पूर्वाधारको विनाशलाई उनले अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउनेछन् ।

नेपालको हरितगृह ग्यास उत्सर्जनमा योगदान निकै कम भए पनि जलवायु परिवर्तनको प्रभाव भने गम्भीर रूपमा भोगिरहेको विषयमा पनि नेपालको धारणा प्रस्तुत गरिनेछ । विशेषगरी भदौ १० गते रसुवा र नुवाकोट क्षेत्रमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिलाई जलवायुजन्य विपद्सँग जोडेर अन्तर्राष्ट्रिय सहयोगका लागि आग्रह गर्ने सरकारको तयारी छ ।

नेपालले जलवायु परिवर्तनबाट प्रभावित तथा जोखिममा रहेका मुलुकका लागि स्थापना गरिएको ‘लस एन्ड ड्यामेज फन्ड’ लगायतका अन्तर्राष्ट्रिय संयन्त्रमार्फत प्रभावित देशलाई आवश्यक क्षतिपूर्ति र सहयोग उपलब्ध गराउन जोड दिनेछ ।

त्यसैगरी, विकसित तथा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने राष्ट्रबाट नेपालले जलवायु वित्त, सहुलियतपूर्ण सहायता तथा जलवायु अनुकूल पूर्वाधार निर्माणका लागि आवश्यक प्राविधिक र आर्थिक सहयोग उपलब्ध गराउन माग गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री शाहसँगै अमेरिका जाने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईसहित नेपाल सरकारका वरिष्ठ अधिकारीहरू रहनेछन् । प्रतिनिधिमण्डलमा कुल १४ जना सहभागी हुने बताइएको छ ।

यसअघि नै परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली टोली आइतबार साँझ न्युयोर्क पुगिसकेको छ। प्रधानमन्त्री शाहका लागि भने यो पहिलो विदेश भ्रमण हुनेछ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu