Connect with us
Kapilvast Forest

छठ पर्वले सामाजिक सद्भाव र एकताको सन्देश दिन्छ : सभापति थापा

२०८३, ३० कार्तिक आईतवारमा प्रकाशित

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले छठ पर्वले प्रकृतिप्रतिको सम्मान, जीवनप्रतिको कृतज्ञता र सामाजिक सद्भावको सन्देश दिने बताएका छन्।

छठका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सूर्य उपासना र प्रकृतिप्रतिको श्रद्धासँग जोडिएको यस पर्वले अन्धकारबाट उज्यालोतर्फ अघि बढ्ने प्रेरणा दिने उल्लेख गरेका हुन्।

सभापति थापाले छठ पर्वले आपसी सद्भाव, सामाजिक एकता र सकारात्मक ऊर्जाको सञ्चार गर्ने विश्वास व्यक्त गर्दै सबैको जीवनमा सुख, शान्ति, समृद्धि र आरोग्यको कामना गरेका छन्।