Connect with us
Kapilvast Forest

भारतीय राजदूत पुरी भन्छन् – सिमा विवाद सामाधान गर्ने प्रक्रिया शुरू भइसक्यो

२०७६, २४ मंसिर मंगलवारमा प्रकाशित

काठमाडाैं मंसिर २४/

नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले नेपाल–भारतबीच रहेको सीमा मुद्दा सद्वपक्षीय वार्ताबाट समाधान गर्न सकिने बताएका छन् ।आफ्नो नेपाल कार्यकालको अन्त्यमा शनिवार गोरखापत्रसँगको अन्तर्वातामा उनले सीमा लगायतका द्विपक्षीय विवादका मुद्दालाई संवादबाट समाधान गर्न सकिने र त्यसको प्रक्रिया शुरू भएको बताए ।

उनी आउँदो पुस १५ बाट सेवा निवृत्त हुँदै छन् । भारतले सार्वजनिक गरेको पछिल्लो राजनीतिक नक्सामा नेपालको कालापानी क्षेत्र भारतीय भूमिभित्र समेटिएकोमा भारत सरकारको विरोध हुँदै आएको छ । नक्साको विरोधमा देशका विभिन्न ठाउँमा प्रदर्शन पनि भए ।‘त्यो नक्सा भारतभित्रका राज्यहरूको सीमामा भएका परिवर्तनसँग सम्बिन्धित थियो । नेपाललगायत अन्य कुनै देशको बाहिरी सिमानासँग सम्बन्धित थिएन।’ उनले भने,‘जुन सिमाना विगतका नक्साहरूमा थियो, त्यही नै नयाँ नक्सामा पनि थियो ।’ गोरखापत्र दैनिकमा खबर छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu