Connect with us
Kapilvast Forest

रुपन्देही र कपिलवस्तु जिल्लामा संचालित ईटृा उद्योग वाल श्रम मुक्त

२०७६, २५ मंसिर बुधबारमा प्रकाशित

बुटवल २५ मंसिर । प्रदेश पाँच अन्र्तरगत रुपन्देही र कपिलवस्तु जिल्लामा संचालित ईटृा उद्योग मध्ये १२ वटा उद्योग वाल श्रम मुक्त रहेको भन्दै सम्मानित भएका छन । वेटर व्रिक नेपालले  ईटृा उद्योगमा वाल श्रम मुक्त बनाउने गरि विगत ६ वर्षदेखि अभियान संचालन गरेकोमा दुई जिल्लाका १२ उद्योगले वालश्रममुक्त भएकाले सम्मान गरिएको हो । उक्त अभियानवाट रुपन्देहीका १ र कपिलवस्तुका ३ गरि ४ वटा उद्योग पुर्ण रुपमा वाल श्रम मुक्त प्रमाणिकरण भएका छन ।

तयसैगरि रुपन्देहीको १ र कपिलवस्तुको ७ वटा उद्योग वाल श्रम मुक्त गर्न सफल भएका तर प्रमाणिकरण हुन वाकी उद्योगलाई प्रदेश पाँचका उद्योग वन वातावरण तथा पर्यटन मन्त्री लिला गिरीले मंगलवार एक विशेष समारोह बीच सम्मान गर्नु भएको हो । वाल श्रम मुक्त प्रमाणिकरण भएका उद्योगमा सिद्धार्थ ईटृा उद्योग रुपन्देही ,र कपिलवस्तु जिल्लाका समृद्धि ईटृा उद्योग, एनएसएस ईटृा उद्योग र सेभेन स्टार ईटृा उद्योग रहेका छन । त्यसैगरि वाल श्रम मुक्त गर्न सफल तर प्रमाणिकरण हुन वाकी सम्मानित उद्योहरुमा रुपन्देहीको सोना ईटृा उद्योग र कपिलवस्तुका लम्की ईटृा उद्योग, वुद्ध ईटृा उद्योग, आरसी ईटृा उद्योग, वौद्ध ईटृा उद्योग, ऐपोलो ईटृा उद्योग ,हिमालईटृा उद्योग र जयसवाल ईटृा उद्योग रहेको परियोजनाका कार्यक्रम संयोजक दुर्गा अर्यालले बताउनु भयो । नेपालमा संचालित ईटृा उद्योगले  ६० प्रतिशत भन्दा बढी वालश्रम  प्रयोग गदै आएका छन ।

ईटृा उद्योगमा वाल श्रम प्रयोग गर्ने   मुलुकको ६ औं स्थानमा  नेपाल पर्ने गरेको परियोजनाका  निर्देशक सुरेश पण्डितले बताउनु भयो । सम्मान कार्यक्रममा मन्त्री गिरीले वाल श्रम मुक्त प्रमाणित उद्योगको अनुगमन गरी वाल श्रम नदोहोरिनका लागि टेवा पुराउनु पर्ने धारणा राखनु भयो ।  उहाँले ईटृा उद्योगमा वाल श्रम मुक्त वनाउन  पहल गरेकोमा परियोजनालाई धन्यवाद दिदै काम गर्ने दौरानमा आईपर्ने कानुनी अडचनलाई संशोधन गदै जान प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भयो । मन्त्री गिरीले परियोजनाले काम गदै गर्दा उद्योगीका सम्मयालाई पनि ध्यान दिन जरुरी रहेको समेत बताउनु भयो । कार्यक्रममा  परियोजनाका अध्यक्ष नारायण घिमिरे, प्रदेश पाँचका प्रदेशसभा सदस्य दधिराम न्यौपाने, पुष्पा थरुनी र्नेपाली काँग्रेस रुपन्देहीका उप सभापति फणिन्द्र शर्मा ईटृा व्यवसायी डम्वर शर्मा लगायतले  वाल श्रम मुक्त अभियानले उद्योगलाई सामाजिक उत्तरदाईत्व वोध हुने कुरामा प्रोत्साहन मिलेको धारणा राख्नु  भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu