Connect with us
Kapilvast Forest

प्रदेश ५ को नाम ‘लुम्बिनी’, राजधानीमा तीन ठाउँ सिफारिस

२०७६, ३० मंसिर सोमबारमा प्रकाशित

बुटवल, मंसिर ३०,

हाल प्रदेश ५ को अस्थायी राजधानी रहेको बुटवल।हाल प्रदेश ५ को अस्थायी राजधानी रहेको बुटवल। प्रदेश स्थापना भएको झन्डै दुई वर्षपछि प्रदेश नम्बर ५ काे राजधानीकाे नाम टुंगो लाग्ने भएको छ। राजधानीको नाम सिफारिस गर्न प्रदेशसभामा गठित विशेष समितिले डेढ वर्षपछि आफूलाई दिएकाे जिम्मेवारी पूरा गरेकाे छ।

पटकपटक विवाद र आलोचना खेप्दै आएको समितिले अन्ततः प्रदेशकाे नाम ‘लुम्बिनी’ राख्न प्रदेश सभालाई सिफारिस गर्ने तयारी गरेकाे छ।

समितिकाे सिफारिसलाई प्रदेश सभा बैठककाे दुईतिहाइले पारित गर्नुपर्ने प्रावधान छ।

संसदीय विशेष समितिका एक सदस्यका अनुसार प्रदेशको राजधानी भने मध्यमार्गी बाटाे अपनाउँदै ताेकिएकाे छ। हामीले विवाद नआओस् भन्ने हिसाबले मध्यमार्गी बाटाे अपनाएका छाैं,’ उनले भने।

समितिले राजधानीका लागि रुपन्देहीको बुटवल र सैनामैना, कपिलवस्तुको बाणगङ्गा र बुद्धभूमि तथा दाङको भालुवाङ, लमही गरी तीन स्थान सिफारिस गर्ने तयारी गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डको भावनाअनुरुप प्रदेशको राजधानी कपिलवस्तु हुनसक्ने उनले संकेत गरे।

नाम र राजधानी ताेक्ने विषयमा सहमति हुने अवस्था नदेखिएपछि प्रदेश सभा बैठकले २०७५ साउनमा सांसद दिपेन्द्र पुनको संयोजकत्वमा विशेष समिति गठन गरेकाे थियाे। पहिलोपटक तीन महिनाको समयसीमा दिइएकाे उक्त समितिले पहिलो तीन महिना बैठक नै बस्न नसकी म्याद गुजारेकाे थियाे।

समितिले पहिलाे कार्यादेशभित्र जिम्मेवारी पूरा गर्न नसकेपछि पुनः म्याद थप गरिएकाे थियाे। copy -setopati

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu