Connect with us
Kapilvast Forest

शिवराजको शिवपुरमा सार्वजनिक सुनुवाई

२०७६, ४ पुष शुक्रबारमा प्रकाशित

  • सनिउल्ला धोबी, कपिलवस्तु पुष ४,

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १ मा रहेको शिवपुर स्वास्थ्य चौकीको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । दिगो मार्यादित सामाजिक आर्थिक सशक्तीकरण भन्ने नारा सहित स्वास्थ्य चौकी भवन शिवपुरमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
शिवपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा वडा अध्यक्ष जगत बहादुर जिसी रहनु भएको थियो ।

अन्य अतिथिहरुमा कार्यपालिका सदस्य लक्ष्मी हमाल, टिका वि.क, वडा सदस्य भिखु थारु, स्वास्थ्य चौ्की व्यवस्थापन समिति उपाध्यक्ष भगवती केसी, स्वास्थ्य चौकी सदस्य गंगा घर्ती मगर,  चनई स्वास्थ्य चौकीका प्रमुख जित बहादुर वि सी, किर्डाक नेपालको सामुदायिक विकास सहजकर्ता विनोद केवट, आसा सञ्जालको सचिव विशेक खडका, सहजकर्ता इन्दु चौधरी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

स्ट्रोम फाउण्डेश, किडार्क नेपालको सहयोग, आशा सञ्जालको समन्वय र शिवपुर स्वास्थ्य चौकी शिवपुरको आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको थियो ।सार्वजनिक सुनुवाई कार्यक्रममा स्वास्थ्य चौकी व्यवस्थापन, निशुक औषधी वितरण, सिनेटरी प्याड लगायतको विषयमा प्रश्ना उठेका थिए ।

आसा सञ्जालका किशोरीहरु, स्थानिय भद्रभलादमी, महिला समुह, बाल कल्व, युवा कल्बका अधिकांस पदाधिकारीले प्रश्ना सोधेका थिए । उठेका प्रश्नाको जवाफ स्वास्थ्य चौकी प्रमुख लेखनाथ पौडेल, वडा अध्यक्ष जगत बहादुर जिसीले जवाफ दिएका थिए ।

सो कार्यक्रममा वडा नं १ को भलुही, शिवपुर, उमरी, बनकासवासा लगायत गाउको स्थानियको सहभागिता रहेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu