Connect with us
Kapilvast Forest

नेपाल कराँते महासंघ कपिलबस्तु शाखाको पहिलो बैठक सप्पन्न

२०७६, ५ पुष शनिबारमा प्रकाशित

कपिलवस्तु।
नेपाल कराँते महासंघ कपिलबस्तु शाखाको पहिलो बैठक शनिबार जिल्ला खेलकुद विकास समितिको कार्यलय मायादेबि रंगशालामा सप्पन्न भएको छ । बैंककले अध्यक्ष रामु सुनार को संयोजकत्वमा खेलाडीहरुको नेतृत्व बिकाशकोलागि तीनदिने अभ्याससातमक गोष्ठि चलाउने भएको छ । शाखाको शनिबार समपन्न बैठकले जिल्लामा रहेका सिनियर खेलाडीहरुको नेतृत्वकोलागि भन्दै आगमी माघ ३, ४ र ५ गते अभ्याससातमक गोष्ठि गर्न लागेको जिल्ला शाखाका अध्यक्ष रामु सुवनारले बताए । जिल्लामा रहेको खेलाडीहरुमा बेला बेलामा अभ्यासका कार्यक्रम आवश्यक पर्ने भन्दै यस्तो किसिको कार्यक्रम गर्न लागिएको सुनवारको भनाई छ ।

जिल्ला शाखाको शनिबारको बैठकले खेलाडीको नेतृत्व बिकाशसँगै खेलाडीको ग्रेडिङ समेत कायम गर्ने निर्णय गरेको छ । जिल्लामा ठुलोमात्रामा कराँतेका खेलाडी भएको भएपनि उच्च् स्तरको खेल अभ्यास हुन नसक्दा खेलाडीले प्रतिभा देखाउन सकेका छैनन् । तीन दिन सम्म सञ्चालन हुने अभ्याससामक गोष्ठिमा सिनियर खेलाडी समाबेस गराईने भएको छ । बैठक लाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला खेलकुद बिकास समिति कपिलवस्तु का कार्यलय प्रमुख मीन प्रसाद पोख्रेलले खेलाडीहरुको नेतृत्व र तीन दिन सम्म सिकेको ज्ञान आगमी दिनमा नया खेलाडीलाई सिकाउन सकेमा कराँते खेलमा खेलाडीको आक्रषण बड्ने कार्यक्रमका प्रमुख अतिथि मिन पोख्रेलले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu