Connect with us
Kapilvast Forest

बैठक चलिरहेका बेला नेता राष्ट्रपतिकहाँ पुगेपछि, नेकपामा खैलाबैला

२०७६, ६ पुष आईतवारमा प्रकाशित

 

काठमाडौं । नेकपा स्थायी समिति बैठकमा शनिबार नेताहरु पातलिए । धेरैको अनुपस्थितिलाई औंल्याउँदै नेताहरुले प्रश्न उठाए, ‘यो के गरेको ? विधि पद्धति यही हो ?’खैलाबैला मच्चियो । अध्यक्ष पुष्पकमल दाहालले कुनै स्रोतबाट सुइँको पाएका आधारमा जवाफ दिए, ‘उहाँहरु राष्ट्रपतिकहाँ जानुभएको हुन सक्छ ।’सदस्य संख्या कम भएपछि केही बेर बैठक स्थगन गर्नुप¥यो । ‘पार्टी बैठक शुरु भएको एक घण्टासम्म अध्यक्षलाई नै जानकारी नदिई नेताहरु उपस्थित नहुनु गम्भीर विषय हो ।’, आक्रोशित हुँदै दाहालले भने, ‘राष्ट्रपतिले हाम्रो पार्टी बैठक चलिरहेका बेला ने किन बोलाउने ? फेरि राष्ट्रपतिले बोलाउँदैमा पार्टी अध्यक्षलाई जानकारी नदिई नेताहरु किन जाने ? सबै नेता पार्टी अनुशासनमा रहनुपर्छ ।’ अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।

त्यसपछि सुरु भएको बैठकमा राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेताहरूका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आत्मालोचना गरे। ‘राष्ट्रपतिले आर्थिक विकास, समृद्धि, अर्थतन्त्र र समाजवादका विषयमा छलफल गर्न हामीलाई शीतल निवास बोलाउनुभएको थियो । यो पूर्वनिर्धारित कार्यक्रम थियो’, परराष्ट्रमन्त्री ज्ञवालीले भनेका थिए, ‘उहाँले लन्च खाएर जान आग्रह गरेपछि पार्टी बैठकमा आउन केही ढिलाइ हुन पुग्यो। पार्टी अध्यक्षलाई ढिलो आउने जानकारी गराउन नसकेकामा क्षमायाचना गर्दछु।’

को को पुगे ?

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाको आन्तरिक राजनीतिक जीवनमा हस्तक्षेप गरिरहेको आरोप लागिरहेको छ । यी बेला शनिबार बिहान ११ बजे १२ जनाजति प्रभावशाली नेता पार्टी नेतृत्वलाई जानकारी नगराई शीतल निवास पुगेका हुन् । तिनमा ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, परराष्ट्रमन्त्री ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, नेताहरू देव गुरुङ, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, अर्थमन्त्री युवराज खतिवडालगायत थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu