Connect with us
Kapilvast Forest

कुनैपनि हिंसा सह्य हुदैनः मन्त्री भुसाल

२०७६, ६ पुष आईतवारमा प्रकाशित

  • नरेश के.सी.

लुम्बिनी, पुस ६,  विश्वमा पशुपंक्षिको हिंसा अस्वीकार्य भएको अवस्थामा नेपालमा पनि पशुहरुप्रति गरिने क्रुरता पुर्वक व्यवहारालाई दन्डीत गर्ने तयारीमा सरकार रहेको कृर्षी तथा पशुपंक्षि विकास मन्त्री घनश्याम भुसालले बताउनुभएको छ ।

दुर्गा तिवारी तेस्रो स्मृति सभालाई रुपन्देहीको देवदहमा सम्बोधन गर्दै भुसालले भन्नुभयो, ‘ संसारमा पशु हिंसा पनि बर्जित हुनुपर्दछ भनेर ठूला ठूला आन्दोलन भईरहेका छन् । नेपालमा पनि पशुहिंसाको विरुद्धमा सरकारले कानून बनाउदैं छ । ’

मन्त्री भएको ठीक एक महिनापछि पहिलो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गदै भुसालले दुर्गा तिवारीको केशमा राज्यको नालयकी भएको पनि बताउनुभयो । उहांले भन्नुभयो, ‘दुर्गा बलुको केशमा अझै दुर्गाको केशमा हाम्रो नालयकी हो । प्रहरी प्रशासनको नालयकी हो । दुर्गालाई पहिले पनि गोलि हानिएको थियो , तर राज्य प्रशासनले उचीत सुरक्षा नदिदा उनको हत्या भयो । ’

अखन्ड प्रदेश ५ को आन्दोलनको नेतृत्व गरिरहेका युवा संघका तत्कालिन अध्यक्ष दुर्गा तिवारीको रुपन्देहीको देवदहमा ०७३ साल पुस ४ गते गोलि हानी हत्या गरिएको थियो । उनको हत्या भएको ठीक एक बर्षपछि ०७४ पुस २१ गते बसन्त पौडेल बलुको देवदहमै गोली हानि हत्या गरिएको थियो । दुर्गालाई अज्ञात समुहले एक पटक गोली प्रहार गरेपछि उनले सुरक्षाकोलागी तत्कालै प्रशासन र प्रहरीमा लिखीत सूचना दिएका थिए ।

तिवारीलाई तत्कालिन सरकारले सहिद घोषणा गरेको थियो । तीनै तिवारीको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न मन्त्री भुसाल रुपन्देही आउनुभएको हो । घन्टौ भाषण गरेर पनि नथाक्ने मन्त्री भुसालले स्मृतिसभालाई सम्बोधन गर्दै भन्नुभयो , ‘‘म संग आज बोल्ने कुरा केहि छ्रैन । किनकी आज मेरा सबैभन्दा नजिकका कमरेडहरुमध्येका दुर्गा तिवारी र बसन्त पौडेलको बिषयमा म आजै बोल्नै सक्या छ्रैन । तर यत्ति बोल्छु की जुन घटना घट्यो त्यो राज्यको नालयकीपनले घटेको हो । उहांहरुको त्याग र बलिदानीलाई हामी कहिल्यै भुल्दैनौं । समाजले भुल्ने छैन , राज्यले भुल्ने छैन । ’

उहांले भन्नुभयो , ‘बलुको तस्वीर अगाडी उभिएर बोल्नुपर्दा भन्ने कुरा यहि नै हो । उहांहरुको बलिदानी समाज परिवर्तन र शान्ति समृद्धिकोलागी हो ’

स्मृतिसभामा प्रदेश सभा सदस्य डा. कृस्न न्यौपाने, भोज प्रसाद श्रेष्ठ, देवदह नगर प्रमुख हिरा बहादुर के सी, युवा संघ केन्द्रीय सदस्य सरिता श्रीस ,स्वर्गिय दुर्गाका दाजु तथा प्रतिष्ठानका संरक्षक चक्रपाणि तिवारि, प्रतिष्ठानका अध्यक्ष सिद्धिचरण भट्टराईल लगायतले दुर्गाले सहादत प्राप्त गरेको ३ बर्ष र वसन्त पौडेलको २ बर्ष हुदा पनि उक्त घटनाले अझै झस्काईरहेको बताउनुभयो ।

दुर्गा बलुको हत्याको जिम्मा लिएका मनोज पुनको प्रहरी इन्काउन्टरमा मृत्यु भईसकेको छ भने अन्य व्यक्तिहरु अदालतबाट धरौटीमा छुटेका छन् । दुर्गाको १३ औं दिनको पुष्य तीथिमा तत्कालिन एमाले अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री के.पी शर्मा ओली देवदह आएर दिएको बचन देवदहबासीले अझै नभुलेको बताएका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu