Connect with us
Kapilvast Forest

ए डिभिजन लिग : आर्मी र मनाङ मस्र्याङ्दी तथा पुलिस र थ्रीस्टार भिड्ने

२०७६, ७ पुष सोमबारमा प्रकाशित

 

काठमाडौं,७ पुष ।

सहिद स्मारक ए डिभिजन लिगमा आज (सोमबार) दुई खेल हुँदैछन् । अखिल नेपाल फुटबल संघ एन्फाले दुबै खेल दशरथ रंगशालामा खेलाउने बताएको छ ।भुटानको यू–१५ महिला टिम र नेपाल बीचको मैत्रिपुर्ण खेल एन्फा कम्प्लेक्समा हुने भएकाले लिगका दुबै खेल दशरथ रंगशालामा खेलाउन लागिएको हो ।

सोमबारको पहिलो खेलमा विभागीय त्रिभुवन आर्मी क्लब र पुर्व च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । लिगको तेह्रौ खेल मध्यान्न १२ बजे हुनेछ ।यस्तै दोस्रो खेलमा अर्काे विभागीय नेपाल पुलिस क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
यसअघि भएको खेलमा मनाङ र आर्मी दुबैले जित दर्ता गराईसकेको छन् ।

दुबै टिम शीर्ष स्थानको लागि खेल्नेछन् । यस्तै पुलिस र थ्रीस्टारले आफ्नो पहिलो खेलमा बराबरी खेलेका थिए । दुबै टिम पहिलो पटक स्पष्ट तीन अंकको लागि खेल्नेछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu