Connect with us
Kapilvast Forest

कोटेश्वरबाट दुई टोलेगुण्डा पक्राउ

२०७६, ७ पुष सोमबारमा प्रकाशित

 

काठमाडौं : हातखुट्टा भाँच्ने धम्की दिई रकम असुल्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काभ्रे नमोबुद्ध–५ का ४१ बर्षीय बिष्णुबहादुर धिताल र नवलपुर देउचुली–१३ का ४४ बर्षीय दुर्गा भनिने देवान राईलाई प्रहरीले आइतबार बेलुकी कोटेश्वरबाट समातेको हो।

धिताल र राईले काठमाडौं उपत्यकामा व्यापारी र सर्वसाधारणलाई हातखुट्ट भाँची अङ्गभङ्ग गरिदिने धम्की दिँदै रकम असुल्ने गरेका थिए। सर्वसाधारणले गरेको गुनासोको आधारमा धिताल र देवानलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा राखि थप अनुसन्धान भइरहेको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu