नरिवलको रक्सी खाँदा आठको मृत्यु, सयाैँ अस्पताल भर्ना
फिलिपिन्स । नरिवलको रक्सी सेवन गर्दा मनिलामा आठजनाको मृत्यु भएको छ । सयौँ व्यक्ति अस्पताल भर्ना भएका समाचारमा जनाइएको छ । नरिवलको रक्सीमा मेथनल नामको पदार्थ अत्याधिक हुने भएकाले त्यसैको असरका कारण सेवनकर्ताको मृत्यु भएको हुनसक्ने चिकित्सकहरुको प्रारम्भिक बुझाइ रहेको जनाइएको छ ।
राजधानी मनिलादेखि दक्षिणपूर्वी क्षेत्रमा पर्ने रिजाल भन्ने ठाउँमा भएको सप्ताहन्त मनाउने क्रममा रक्सी सेवन गर्दा यस्तो घटना भएको समाचारमा उल्लेख छ । घटनामा गम्भीर बिरामी भएका तीनसय जना अस्पताल भर्ना भएका छन् । उनीहरुको बिरामीको कारण एउटै देखिएको चिकित्सकको भनाइ छ ।