Connect with us
Kapilvast Forest

ढिस्कोले डोजर च्यापिँदा चालकको मृत्यु

२०७६, १३ पुष आईतवारमा प्रकाशित

 

रोल्पा : रोल्पामा सडक खन्दै गरेको जेसिभि (डोजर) माथि ढिस्को खस्दा चालकको मृत्यु भएको छ । पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका–५ माबाङमा सडक खन्दै (व्याक कटिङ) गरेको अवस्थामा आइतबार दिउँसो साढे १२ बजे जेसिभी माथि ढिस्को खसेको हो ।

डोजरमा च्यापिएर घाइते बनेका अन्दाजी ४८ वर्षका चालक हेमेन्द्र नगरकोटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । घाइते नगरकोटीलाई उद्दार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । झिम्रुक गाउँपालिका–६ प्यूठानका चालक नगरकोटी राजबीर निर्माण सेवा अन्तरगत सडक खन्दै आएका थिए ।

सुलिचौर–पोबाङ सडक खण्डको माबाङमा सडक खन्दै गर्दा एक्कासी ढिस्को खसेको हो । शवको पोष्टमार्टम गर्ने तयारी भइरहेको प्रहरी निरीक्षक लिलाराम आचार्यले जनाए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu