सन्दीप लामिछानेको टिम आज होबर्टसँग भिड्दै
काठमाडौं, पुस १४ : नेपाली स्टार क्रिकेटर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्स बिग बास लिग (बीबीएल)अन्तर्गत होबर्ट हरिक्यान्ससँगै भिड्दै छ।मेलबर्नले सन्दीपको फोटोसहित ट्वीट गर्दै टिममा फेरबदल नआएको जनाएको छ। शनिबार एडलेड स्टाइकर्ससँग खेलेको टिमनै आज पनि खेल्ने उल्लेख गरेको छ।
बीबीएलमा सन्दीपको प्रदर्शन उत्कृष्ट रहेको छ। उनले अहिलेसम्मका तीन खेलमा तीन विकेट लिएका छन्।पहिले खेलमा ब्रिसबन हिटलाई पराजित गर्दा सन्दीपले एक विकेट लिएका थिए।त्यस्तै, दोस्रो खेलमा पनि उनको प्रदर्शन राम्रो रहेको थियो। होबर्ट हरिक्यान्सलाई पराजित गर्दा तीन ओभरमा १८ रन दिँदै एक विकेट लिएका थिए।शनिबार भएको खेलमा पनि उनको प्रदर्शन सुध्रिएको थियो। उनले तीन ओभरमा १५ रन दिएर एक विकेट लिएका थिए।आज सन्दीपको टिमको चौथो खेल नेपाली समयअनुसार, दिउसो १ः५५ बजे हुनेछ।