डोरीले घाँटी कसेर पत्नी हत्या गर्ने पक्राउ
काठमाडौं । पत्नी हत्याको आरोपमा प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ । २५ वर्षीया पत्नी उषा परेरुको हत्या गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ कपन बस्ने २९ वर्षीय लक्ष्मण नेपाल पक्राउ परेका हुन् ।
उषालाई डोरीले घाँटी कसी हत्या गरेको सूचनापछि महानगरीय प्रहरी वृत बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको समाचार नागरिक दैनिकमा लेखिएको छ ।