दुवै पक्षका दोस्रो तहका नेताहरूलाई एकताबद्ध गर्छु : वामदेव
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी९नेकपा० उपाध्यक्ष वामदेव गौतमले प्रचण्ड–माधव र ओली दुवै पक्षका दोस्रो तहका नेताहरूलाई एकताबद्ध गरी अभियान अगाडि बढाउने बताउनु भयो ।
बिहीबार कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप लगाउन निजामती अस्पताल बानेश्वर पुगेका गौतमले सञ्चारकर्मीसँग कुरा गर्दै पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्ष र केपी शर्मा ओली पक्षका दोस्रो पुस्ताका नेताहरुलाई एकताबद्ध गरी पार्टी एकताको निम्ति दबाब दिने बताउनु भएको हो ।
एकताको पक्षमा नहुने नेताहरुलाई भोट नदिनेसम्मको अवस्था सिर्जना गर्ने उहाँको भनाइ छ। नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली अझै पनि एकताको पक्षको नआएको उहाँले बताउनु भयो । ‘धेरै ठाउँमा उहाँहरुले बोलेको भनेको सबै सबै सभाहरुमा बोलेको सुन्दा एकताको पक्षमा दुवै अध्यक्ष अझै आइसक्नु भा छैन‘ उहाँले भन्नु भयो , ‘मेरो चाहिँ प्रयत्न दुवै पक्षका सेकेन्ड जेनेरेशनका कमरेडहरुलाई एकताबद्ध गर्ने र तलबाट एउटा ठूलो पंक्ति तयार गरी एकताको पक्षमा जनमत तयार गर्ने छ उहाँले भन्नु भयो ।‘
जो नेता एकताको पक्षमा उसलाई भोट नदिने रणनीति बनाउने योजना पनि उहाँले सुनाउनु भयो । आफूहरूले चलाउन लागेको यस अभियानले चारैतिरबाट यी दुवै पक्षका नेतालाई घेराबन्दी गरेर एकताका पक्षमा दबाब दिने योजना पनि उहाँले सुनाउनु भयो ।उपाध्यक्ष गौतमले आफू विभाजनउन्मुख रहेको नेकपाको कुनै पक्षमा पनि नलागी एकता अभियानमा लाग्ने स्पष्ट पार्र्नु भयो ।