Connect with us
Kapilvast Forest

‘सरकारलाई दिएको निर्देशन समयमै कार्यान्वयन गराउन प्रभावकारी अनुगमन हुनुपर्छ’

२०७७, २० फाल्गुन बिहीबारमा प्रकाशित

काठमाडौं-राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संसद्ले दिएका निर्देशन समयमै कार्यान्वयन गराउन संसद् आफैँले क्रियाशीलता देखाउनुपर्ने बताउनु भयो । राष्ट्रिय सभाको तीन वर्षको सन्दर्भमा राष्ट्रिय सभाको प्रभावकारिकता तथा कूटनीतिक शिष्टाचारसम्बन्धी बिहीबार आयोजित अभिमुखीकरण कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले सभाले सरकारलाई दिएको निर्देशनको अनुगमन प्रभावकारी रूपमा गर्नुपर्ने बताउनु भएको छ ।

सरकारले सदनमा पेस गरेका विधेयकलाई समयमा नै पास गरेर अगाडि बढाउने विषयमा सभाले समेत ध्यान दिन आवश्यक रहेको उहाँले बताउनु भयो । राष्ट्रिय सभा विनाअवरोध सञ्चालन भए पनि विभिन्न समयमा सरकारलाई दिएको निर्देशनको कार्यान्वयनबारे अनविज्ञ हुने अवस्था हटाउनुपर्ने उहाँको भनाइ छ । राष्ट्रिय सभाको बैठक र विभिन्न समितिले सरकारलाई दिएका निर्देशन कार्यान्वयन भए–नभएको अनुगमन गर्न सम्पूर्ण सदस्य र सम्बन्धित समिति अझ बढी क्रियाशील हुनुपर्ने उहाँको भनाइ छ ।

राष्ट्रिय सभाको सातौँ अधिवेशनसम्म आइपुग्दा दुई सय २२ वटा बैठक भएको र यस अवधिमा ४१ वटा विधेयक दर्ता भएकोमा १६ वटा विधेयक प्रमाणीकरण भइसकेको, २४ वटामध्ये आठवटा सभामा विचाराधीन रहेको, १० वटा समितिमा विचाराधीन रहेको र ६ वटा विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभाबाट फिर्ता आउन बाँकी रहेको तिमिल्सिनाले जानकारी दिनु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu