Connect with us
Kapilvast Forest

देशभरका सामुदायिक रेडियोकर्मी काठमाडौँमा, नयाँ नेतृत्व चयन हुने

२०७७, २४ फाल्गुन सोमबारमा प्रकाशित

काठमाडौं-सामुदायिक रेडियोहरूको छाता सङ्गठन सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) को १५औँ साधारणसभा तथा सातौँ अधिवेशन भोलि काठमाडौँमा हुँदैछ ।

अधिवेशनका लागि देशभरका सामुदायिक रेडियोका प्रतिनिधिहरू काठमामाडौँ आइसकेका छन् । अधिवेशनले अकोराबको नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा देशभरिका झण्डै ३ सय ६० सामुदायिक रेडियो प्रसारकहरूको सहभागिता रहने अकोराबका महासचिव गोविन्द देवकोटाले जानकारी दिनुभयो । अधिवेशनको भोलि बिहान ९ वजे सभामुख अग्निप्रसाद सापकोटाले उद्घाटन गर्नु हुनेछ ।

कोभिड १९ को सुरक्षाका मापदण्ड पालना गर्दै भौतिक रूपमा नै १५औँ साधारणासभा तथा सातौँ अधिवेशन गर्न लागिएको हो । नयाँ नेतृत्व चयनसँगै देशभरिका सामुदायिक रेडियो सञ्चालन, तिनीहरुले उत्पादन गर्ने सामग्रीका विषयमा पनि समीक्षा हुने महासचिव देवकोटाले बताउनुभयो । अधिवेशन उद्घाटन समारोहको सीआइएनले भोलि बिहान ९ बजेबाट प्रत्यक्ष प्रसारण गर्नेछ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu