Connect with us
Kapilvast Forest

पन्तविरुद्ध मुद्दा हालेकी कोमल वलीले भनिन् : क्षमा दिन सक्दिन

२०७७, २५ फाल्गुन मंगलवारमा प्रकाशित

काठमाडौं-राष्ट्रियसभा सदस्य कोमल वलीले आफूमाथि ‘लैङ्गिक हिंसाजन्य’ अभिव्यक्ति दिएका नेकपा एमालेका नेता रघुजी पन्तलाई क्षमा दिन नसक्ने बताउनु भएको छ ।

उनले पूर्वमन्त्री पन्तविरुद्ध मंगलबार जिल्ला अदालत, काठमाडौंमा मंगलबार गाली बेइज्जतीसम्बन्धी मुद्दा दायर गर्नुभउको छ । त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले पन्तको अभिव्यक्तिले आफूलाई चोट पुगेको बताउनु भयो ।

पन्तले सरी भनिसकेकाले माफी दिन सकिन्नथ्यो भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले भन्नु भयो ‘उहाँले मसँग माफी माग्नु भएको छैन । मेरो आशय त्यस्तो थिएन भन्नु भएको छ । तर यस्तो शब्द प्रयोग गर्नु भएको छ, त्यो क्षम्य हुने खालको छैन ।’

आफू मात्र नभई समग्र आमा दिदीबहिनीलाई चोट पुगेकाले मुद्धा दर्ता गर्ने निर्णयमा पुगेको बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu