Connect with us
Kapilvast Forest

बङ्गलादेशबाट २५ सय बाेरा युरिया मल वीरगञ्ज आइपुग्यो

२०७७, २६ फाल्गुन बुधबारमा प्रकाशित

वीरगञ्ज- बङ्गलादेशबाट आउन लागेको रसायनिक मल मंगलबार दिउँसो वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा आइपुगेको छ । वीरगञ्जको सिर्सियामा रहेको सुख्खा बन्दरगाहमा मंगलबार ३ बजे नेपाल सरकारले बङ्गलादेशसँग जीटुजी (सरकार–सरकार)मार्फत् गरेको सम्झौता अनुरूप पहिलो चरणको रासायनिक मल युरिया आईपुगेको हो ।

कृषि सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका प्रादेशिक प्रबन्धक गोरखनाथ केसीले सरकारले बङ्गलादेशसँग जीटुजी (सरकार–सरकार) मार्फत ५० हजार मेट्रिक टन युरिया मल ल्याउने सहमति गरे बमोजिम पहिलो चरणमा २२ हजार पाँच सय मेट्रिक टन युरिया मल ल्याईने त्यसमध्ये एक ¥याक अर्थात् २५ सय बोरा मंगलबार दिउँसो वीरगञ्ज आइपुगेको जानकारी दिनुभयो ।

वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाहमा धमाधम रेल–वेबाट भन्सार यार्ड र गोदाममा मल राख्ने काम भइरहेको छ । भोलिदेखि नै कृषि सामग्री केन्द्र लिमिटेडको वीरगञ्जस्थित गोदामहरुमा, वीरगञ्ज बाहिर जानेलाई ट्रकले ओसार्ने काम सुरु गरिने प्रबन्धक केसीले बताउनुभयो । पहिलो चरणमा आउन थालेको २२ हजार पाँच सय मेट्रिक टन युरिया मलमा वीरगञ्जका लागि नौ हजार मेट्रिक टन, विराटनगरका लागि पाँच हजार ६२५ मेट्रिक टन र भैरहवाका लागि पनि सात हजार ८७५ मेट्रिक टन मल रहेको छ ।

धानको सिजनमा युरिया मलको अभाव भएपछि तत्कालका लागि सुरुमा बङ्गलादेशबाट पैँचोमा ५० हजार मेट्रिक टन युरिया मल ल्याउने सहमति भए पनि पैँचो मल दिने प्रक्रिया झन्झटिलो भएको बङ्गलादेशले जनाएपछि सरकार–सरकारबीच सम्झौता गरी खरिद गरेर नै मल ल्याइएको छ ।

भदौ १६ गते प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच पैँचो युरिया मलबारे मौखिक सम्झौतापछि कृषि मन्त्रालयले बङ्गलादेशबाट पैँचो मल ल्याउने प्रक्रिया सुरु गरे पनि प्रक्रिया झन्झटिलो बनेकाले सस्तो र राम्रो खरिद गरेर नै ल्याउँदा सजिलो हुने भएपछि कृषि मन्त्रालयले कात्तिक २४ गते मन्त्रिपरिषद्बाट पुनः निर्णय गराएर जीटुजीमार्फत् मल खरिद गरेर ल्याउने प्रक्रिया सुरु गरेको थियो ।

सरकार–सरकारको बीचमा मलका लागि सम्झौता भएको दिनदेखि पाँच महिनापछि पहिलो चरणको मल आइपुगेको हो भने तीन चरणमा मल ल्याउने तयारी कृषि सामग्री केन्द्र लिमिटेडको रहेको छ । पहिलो चरणमा २२ हजार पाँच सय मेट्रिक टन , दोस्रो चरणमा १० हजार मेट्रिक टन र तेस्रो चरणमा १७ हजार मेट्रिक टन मल ल्याउने तयारी कृषि सामग्री केन्द्र लिमिटेडले गरेको बताईन्छ । बङ्गलादेशबाट ढुवानीसहित प्रतिमेट्रिक टन ३ सय ४१ डलरको लागतमा कृषि सामग्री केन्द्र लिमिटेडले मल ल्याइरहेको बताईएको छ ।गोरखापत्र अनलाइन

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu