Connect with us
Kapilvast Forest

स्रोत नखुलेको ४२ लाख रकमसहित एक जना पक्राउ

२०७७, २८ फाल्गुन शुक्रबारमा प्रकाशित

भक्तपुर – भक्तपुर प्रहरीले स्रोत नखुलेको ४२ लाखसहित एक जनालाई आज पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मध्यपुरथिमि–३ कौशल्टारस्थित अरनिको राजमार्ग सडकमा जाँचको क्रममा दोलखा घर भई हाल सूर्यविनायक नगरपालिका–३ बालकोट रोज भिलेज बस्ने सुमन घिमिरेको साथबाट रकम बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी वृत्त थिमिका अनुसार जाँचका क्रममा गाडीमा आइरहेका घिमिरेको साथबाट २७ लाख र निजको कोठा खानतलासी गर्दा थप १५ लाख बरामद भएको हो ।

प्रहरीले उक्त रकमको स्रोत खोज्दा बताउन नसकेपछि नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा घिमिरेले उक्त रकम जुवातास खेलेर जितेको हुनसक्ने बताएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu