Connect with us
Kapilvast Forest

१५ खर्ब ५० अर्बको बजेट ल्याउन योजना आयोगको सिलिङ

२०७७, १ चैत्र आईतवारमा प्रकाशित

 

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारी थालेसँगै राष्ट्रिय योजना आयोगले बजेटको सिलिङ तोकेको छ । आयोगले आगामी वर्ष १५ खर्ब ५० अर्ब ६२ करोड रुपैयाँको बजेट ल्याउन सिलिङ तोकेको छ ।

चालू आर्थिक वर्षमा १४ खर्ब ७४ अर्बको बजेट ल्याउँदा पनि बजेट खर्च स्थिति कमजोर देखिएकाले आयोगले आगामी वर्ष पनि सानो आकारको बजेट ल्याउन सुझाव दिएको हो ।

कोरोना संक्रमणका कारण कमजोर बनेको अर्थतन्त्रको पुनरुत्थानका लागि कर छुट तथा सहुलियत दिनुपर्ने, चालू वर्षको बजेटमा धेरै ऋण उठाइएको अवस्थामा धेरै ऋण उठाउन स्वस्थकर नहुने भन्दै आयोगले चालू आर्थिक वर्षमा विनियोजन गरिएको बजेटको तुलनामा ५ प्रतिशत मात्रै बढाएर सिलिङ पठाएको हो ।

आयोगले मध्यकालीन खर्च संरचना २०७६/०७७ देखि २०७८/०७९ सम्मले आर्थिक वर्ष २०७७/०७८ को बजेट २० खर्ब ५२ अर्ब रुपैयाँको अनुमान गरेको थियो भने २०७७/७८ देखि २०७९/८० ले १६ खर्ब ९७ अर्ब बजेटको अनुमान गरेको थियो । तर, बजेट खर्च बढ्न नसकेको अवस्थामा बजेटको सिलिङ ठूलो नबनाइएको हो ।

चालू आर्थिक वर्षमा अघिल्लो वर्ष विनियोजन गरेको बजेटको तुलनामा पनि बजेट घटाइएको थियो । आर्थिक वर्ष २०५८/०५९ र चालू आर्थिक वर्ष २०७७/०७८ को बजेट अघिल्लो वर्ष विनियोजन गरेको भन्दा घटाइएको थियो ।

केपी ओली नेतृत्वको वर्तमान सरकारले पहिलो बजेट १३ खर्ब १५ अर्ब रुपैयाँ विनियोजन गरेकोमा जम्मा ११ खर्ब १० अर्ब रुपैयाँ खर्च गरेको थियो । दोस्रो बजेट पहिलोको तुलनामा १६ प्रतिशतले बढाएर १५ खर्ब ३२ अर्ब रुपैयाँ पु¥याइएको थियो । दोस्रो बजेट पनि १० खर्ब ९० अर्ब रुपैयाँको मात्रै खर्च भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu