Connect with us
Kapilvast Forest

अर्घाखाँची अस्पतालमा आईसीयु सेवा विस्तार

२०७७, १ चैत्र आईतवारमा प्रकाशित

अर्घाखाँची – जिल्ला अस्पताल अर्घाखाँचीमा आईसीयु लगायतका सेवा सञ्चालनमा आएपछि सेवाग्राहीहरु उत्साहित भएका छन् ।४३ लाख रुपैयाँको लागतमा जिल्ला अस्पतालमा ९ वटा बेडको आईसियु सेवा सञ्चालनमा ल्याइएको हो ।

त्यस्तै अस्पतालले क्षयरोगको परीक्षण, डेन्टल सेवा, थाइराइट परीक्षण, फिजियोथेरापी लगायतका सेवा सुरु गरेको छ ।

ब्लड बैंकको सेवा नभएकाले अस्पताललाई नेपाली सेनाले सहयोग गर्ने बताएको छ । अस्पतालमा सुत्केरी सेवा पनि सुरु गरीएको छ । यसअघि जिल्लामा अस्पतालमा सेवा नपाए पछि सेवाग्राही उपचारका लागि बुटवल, पाल्पा लगायतका ठाउँमा जान बाध्य थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu