संसदीय बोर्डमा नबस्ने खनाल र नेपालको घोषणा
काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले संसदीय बोर्डमा बस्न अस्वीकार र्गु भएको छ । संसदीय दलको अघिल्लो बैठकले २७ सदस्यीय बोर्ड गठन गरेको थियो, जसमा खनाल र नेपाल पनि हुनुन्थ्यो ।शनिबार युवा संघको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले बोर्डमा नबस्ने बताउनु भयो ।
‘म र झलनाथ खनाल दुई जना बबुरोहरुलाई कृपादृष्टि पुर्याएर ठाउँ दिनु भएछ’ उहाँले भन्नु भयो , ‘हामीले हुन्छ प्रभु भने भनेनौं, त्यो बोर्डमा हामीलाई बस्दैनौं ।’बोर्ड गठन बैधानिक हुनुपर्ने भन्दै उहाँले छलफल गरेर अगाडि बढे आफूहरु तयार रहेको बताउनु भयो ।