Connect with us
Kapilvast Forest

अदालतले दिउँसै रात पार्ने काम गरेको छः प्रचण्ड

२०७७, १४ चैत्र शनिबारमा प्रकाशित

prachanda-

 

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जन्मिसकेको बच्चालाई फेरि गर्भमा राख्ने अनौठो काम अदालतले गरेको टिप्पणी गरेका छन् । उनले नेकपा माओवादी केन्द्र र एमाले ब्यूँताउने फैसला गरेर अदालतले दिउँसै रात पार्ने काम गरेको टिप्पणी गर्नु भयो ।

माओवादी र प्रचण्डलाई तेजोवध गर्ने षड्यन्त्र भइरहेको बताउँदै उनले यसको विरुद्धमा आफू लड्न तयार रहेको बताए । शनिबार राजधानीमा आयोजित बृहत नागरिक आन्दोलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेसी दलसँग सहकार्यको जरुरी रहेको बताउँदै आफू सँधै पहिचानको पक्षमा रहेको बताए ।

‘पटक पटक महन्थजी र म पहिचानका लागि लड्ने काम गरेका छौं, मधेशका निम्ति १३ सय जनाले सहादत दिएका छन्, त्यो कुरा महन्थजीलाई थाह छ’, उनले भने, ‘कहिले २२ दल त कहिले ३३ दलको संगठन बनाएर संघर्ष गरेकै हो ।’

संविधानलाई परिमार्जन गर्दै जानुपर्ने बताउँदै उनले आफू रेशम चौधरीको रिहाइको पक्षमा रहेको पनि बताए । उनले ओली गुटका मान्छेले एकपछि अर्को गर्दै जेलमा गएर चौधरीलाई भेटेको बताउँदै उनले त्यो सत्ता स्वार्थ बाहेक केही हुन नसक्ने बताए ।

उनले भने, ‘महन्थजी मात्र पिडित होइन, म पनि पिडित हुँ, मेरा पनि मान्छे जेलमा छन्, मेरो टाउकोमा पनि मुद्दा छन् त्यसलै मिलेर ओलीको प्रतिगमनको विरुद्धमा लडौँ ।’ उनले अब नयाँ खालको जनविद्रोह हुने बताउँदै तर त्यो जनविद्रोह शान्तिपूर्ण हुने धारणा राखे ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu