Connect with us
Kapilvast Forest

इङल्याण्डविरुद्धको एकदिवसीय सिरिज भारतले जित्यो

२०७७, १६ चैत्र सोमबारमा प्रकाशित

एजेन्सी-घरेलु टीमा भारतले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिज जितेको छ । आइतबार राति सम्पन्न सिरिजको अन्तिम एकदिवसीय खेल भारतले ७ रनले जित्दै सिरिजमा २-१ ले कब्जा गरेको हो।

भारतले दिएको ३३० रनको लक्ष्य पछाएको इङल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउदै ३२२ रन बनाएको थियो।​ इङल्याण्डका लागि साम करनले अविजित ९५ रन बनाएका थिए भने डविड मलानले ५० रन बनाएका थिए। त्यस्तै बेन स्टोक्सले ३५ रन बनाए भने लिआम लिभिंगस्टोनले ३६, मोइन अलीले २९, जोस बटलरले १५, अदिल राशिदले १९, मार्क वूड र जासन रोयले १४(१४ रन बनाए।

भारतीय बलर श्रदुल ठाकुरले सर्बाधिक ४ विकेट लिए भने भुवनेश्वर कुमारले ३ तथा टी नटराजनले एक विकेट लिए।

यसअघि भारतले टस हारेर पहिला ब्याटिंग गर्दै ४८।२ ओभरमा अल आउट हुदै ३२९ रन बनाएको थियो। भारतका लागि ऋषव पन्तले सर्बाधिक ७८ रन बनाए भने शिखर धवनले ६७, हार्दिक पाण्डेयले ६४ रन बनाएका थिए। त्यस्तै रोहित शर्माले ३७ रन बनाए भने श्रदुल ठाकुरले ३०, कुनाल पाण्डेयले २५ रन बनाएका थिए।

इङल्याण्डका बलर मार्क वूडले ३ विकेट लिएका थिए भने अदिल राशिदले २ विकेट लिए। त्यस्तै साम करन, रीस तोपले, बेन स्टोक्स, मोइन अली र लिआम लिभिंग स्टोनले एक एक विकेट लिएका थिए।

योसँगै भारतले एकदिवसीय सिरिज २-१ ले जितेको छ। योसँगै इङल्याण्डको भारत टुर सकिएको छ। इङल्याण्डले भारत टूरमा खेलेका तिनै सिरिजमा हार बेहोरेको छ। टेस्ट सिरिजमा भारतले ३-१ ले जितेको थियो भने टी-२० सिरिज ३-२ ले भारतले जितेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu