Connect with us
Kapilvast Forest

केहीदिनभित्रै फैसला पुनरावलोकन हुन्छ:प्रचण्ड

२०७७, १७ चैत्र मंगलवारमा प्रकाशित

 

काठमाण्डौ -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रिट निवेदकले निवेदन दिएको भन्दा बाहिर गएर गरिएको फैसला केही दिनभित्रै पुनरावलोकन हुने बताउनुभएको छ ।

फैसलाको पुनरावलोकनका लागि निवेदन दिएर फर्किएपछि अध्यक्ष प्रचण्डले रिट निवेदकले नामको आधिकारिकताबारे रिट दायर गरेको भए पनि पार्टी नै खारेज गर्ने फैसला भएकाले आफूहरुले फैसलालाई स्वाभाविक मान्न नसकिएको बताउनु भएको छ ।

उहाँले राजनीतिक स्थायित्वका लागि एकताबद्ध भएका दलहरुलाई विभाजित गर्ने फैसला सच्चिने कुरामा आफू ढुक्क भएको उहाँले बताउनुभएको छ । गएको फागुन २३ गते पार्टीको नाम सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाएसँगै नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu