Connect with us
Kapilvast Forest

मतभेद र अन्तरसंघर्ष एकदिन अन्त्य हुन्छ धैर्य गरौं :मुख्यमन्त्री पोखरेल

२०७७, २० चैत्र शुक्रबारमा प्रकाशित

shanker

काठमाडौं-लुम्विनी प्रदेशका मुख्य मन्त्री एवम नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षका नेता शंकर पोखरेलले मतभेद र अन्तरसंघर्ष अस्थायी कुरा भएकाले एकदिन यसको अन्त्य हुने आशा व्यक्त गर्नु भएको छ ।

एमालेभित्र वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष ओली पक्षबीच लगभग पार्टी नै फुट्नेगरी विवाद उत्कर्षमा पुगेका बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेता पोखरेलले एकदिन यसको समाधान हुने भन्दै धैर्य गर्न आह्वान गर्नु भएको हो ।

अध्यक्ष ओलीले माधव नेपाल र भीम रावलपछि सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका लागि भन्दै पार्टीको साधारण सदस्यताबाट समेत निलम्बन गरेको अवस्थामा पोखरेलको सुझावयुक्त अभिव्यक्ति आएको हो।

‘मतभेद र अन्तरसंघर्ष अस्थायी कुरा हो, निश्चित समयमा अन्त्य हुन्छ,’ नेता पोखरेलले बिहीबार राति सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘एकता र अनुशासन उद्देश्य प्राप्तिको अनिवार्य सर्त हो। धैर्य बनौं।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu