Connect with us
Kapilvast Forest

माओवादी केन्द्रले गर्‍यो प्रदेश सांसद न्यौपाने र पन्थीलाई कारबाही

२०७७, २२ चैत्र आईतवारमा प्रकाशित

 

बुटवल – नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश सभाका आफ्ना दुईजना सदस्यलाई कारबाही गरेको छ । पार्टी छाडेर नेकपा एमालेमा प्रवेश गरेका रुपन्देहीका दधिराम न्यौपाने र गुल्मीका दिनेश पन्थीलाई माओवादी केन्द्रले कारबाही गरेको हो ।

प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका र पछि एमालेको केन्द्रीय सदस्यमा मनोनित भएपछि दुवैजनालाई संसदीय दलका नेता कुलप्रसाद केसीले २४ घण्टे अल्टिमेटमसहितको स्पष्टीकरण सोध्नु भएको थियो । तर उहाँहरुले स्पष्टीकरणको जवाफ नबुझाएपछि पार्टीले कारबाही गरेको प्रदेश सभा सदस्य दामा शर्माले बताउनु भयो ।

‘संसदीय दलले कारबाही गरेको जानकारी पार्टी केन्द्रीय कमिटीलाई दिएको र केन्द्रीय समितिले पनि कारबाहीलाई अनुमोदन गरेपछि दुवै पत्र प्रदेश सभा सचिवालयमा दर्ता गरेका छौं,’ सांसद शर्माले भन्नु भयो अब कानुन अनुसार छिट्टै उहाँहरु सांसद पदबाट निलम्बित हुनुहुन्छ ।’

सांसद न्यौपाने र पन्थीलाई माओवादी केन्द्र संसदीय दल र पार्टी केन्द्रीय समितिले कारबाही गरेको पत्र प्राप्त भएको प्रदेश सभा सचिवालयका प्रवक्ता श्याम श्रेष्ठले बताउनु भयो ।

लुम्बिनी प्रदेशको कुल ८७ सांसदमध्ये सभामुखसहित माओवादी केन्द्रका २० सांसद छन् । दुईजना एमालेमा लागेपछि अब माओवादी केन्द्रसँग १७ सांसद कायम रहनेछन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu