लायन्स क्लवअफ कपिलवस्तुको अध्यक्षमा भुसाल चयन
कपिलवस्तु-लायन्स क्लव अफ कपिलवस्तुको पाल्पामा भएको पाँचौ अधिवेशनबाट बर्ष २०२१ । २२ को नेतृत्व धातानन्द ल भुसाल अध्यक्षमा चयन हुनु भएको छ ।
अधिवेशनबाट केशव सापकोटा प्रथम उपाध्यक्षमा, राम बहादुर पौडेल क्षेत्री द्धितीय उपाधयक्षमा राम सुभागे थारु तृतीय उपाध्यक्षमा, चतुर्थ उपाध्यक्षमा ओम प्रकाश घिमिरे, र पाँचौँ उपाध्यक्षमा झविलाल भट्टराई चयन हुनु भएको छ ।
त्यस्तै सचिवमा सागर घिमिरे, सहसचिवमा नारायण प्रसाद पौडेल, कोषाध्यक्षमा नवदत्त घिमिरे, सहकोषाध्यक्षमा सुमन क्षेत्री, जन सम्पर्क अधिकृतमा दामोदर पन्थी र सदस्य विस्तार संयोजक शान्तराज गैरे चयन हुनु भएको छ ।