Connect with us
Kapilvast Forest

सिरहामा गोली हानी एक व्यापारीको हत्या

२०७७, २९ चैत्र आईतवारमा प्रकाशित

goli
प्रतिनिधिमुलक तस्विर

काठमाडौं – सिरहाको लहानमा डाकाको समूहले एक व्यवसायीको गोली हानी हत्या गरेका छन्।लहान नगरपालिका–२३ गड्डाचोकमा शनिबार मध्यराति सुतिरहेका बेला सुनचाँदी पसले ४५ वर्षीय प्रदीपकुमार विश्वकर्माको हत्या भएको सिरहा प्रहरीले जनाएको छ।

डकैती गर्न आएको हतियारधारी समूहले गोली प्रहार गर्दा विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी सुदीप राजभण्डारीले जानकारी दिनुुुभयो ।

उनीहरुले विश्वकर्माकी श्रीमती अनितालाई पनि धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन्। अनिताको लहान अस्पतालमा उपचार भैरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न भएको आरोपमा सोही ठाउँका २२ वर्षीय रामकृष्ण चौधरीलाई पक्राउ गरिएको छ। अर्का एकजनालाई पक्राउ गरे पनि प्रहरीले उनको नाम भने खुलाएको छैन।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu