Connect with us
Kapilvast Forest

चीनमा कोइला खानीभित्र १३ श्रमिक थुनिए

२०७७, २९ चैत्र आईतवारमा प्रकाशित

एजेन्सी-चीनको सिनजियाङ प्रान्तको एक कोइला खानीमा पानी भरिँदा १३ श्रमिक थुनिएका छन्।स्थानीय प्रशासनले खानीभित्रै थुनिएका ती श्रमिकहरूको उद्धारकार्य भइरहेको जानकारी दिएको छ।

खानीबाट उद्धारकर्मीहरूले अहिलेसम्म ८ श्रमिकलाई निकालेका र १३ जना अझै भित्रै थुनिएको चिनियाँ सञ्चारमाध्यमहरूमा उल्लेख छ।

श्रमिकहरूलाई निकाल्न अहिले खानीभित्र अक्सिजन पठाइएको र त्यहाँ रहेको पानी पम्पले तानेर निकाल्ने काम भइरहेको उद्धारकर्मीहरूले बताएका छन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu